Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा चितुवाको आक्रमणबाट प्रहरी हवल्दार घाइते

ललितपुरमा चितुवाको आक्रमणबाट प्रहरी हवल्दार घाइते

  • काठमाडौं । ललितपुरमा चितुवाको आक्रमणमा परी एकजना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार बुधबार (वैशाख ३०) बिहान पौने ९ बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि चितुवाले आक्रमण गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार हेम बिक घाइते भएका प्रहरीले जानकारी दिएको छ । अहिले उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनको मुख र दुवै हात र बायाँ हातको कुममा चोट लागेको छ ।

    AGNI GROUP

    प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-९ का स्थानीयले गहुँ बालीमा चितुवा पसेको छ भनेर प्रहरीलाई खबर गरेका थिए । सोही स्थानमा जाने क्रममा एक्कासी चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    चितुवाको आक्रमणबाट घाइते भएका हवल्दार विक प्रहरी प्रभाग लुभु, ललितपुरमा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ । उनको किस्ट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट