Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लिग २ क्रिकेट : स्कटल्यान्डसँग खेल्दै नेपाल

लिग २ क्रिकेट : स्कटल्यान्डसँग खेल्दै नेपाल

  • काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको ओडीआई शृंङ्खला आजदेखि सुरु हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । नेपाल र स्कटल्यान्डबीचको खेल विहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    लिग २ को अंकतालिकामा अमेरिका र स्कटल्यान्ड शीर्ष २ मा भएका टोलीहरू हुन् । अमेरिकाले २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकका साथ दोस्रोमा छ । नेपालले भने २४ खेलमा १८ अंक मात्र जोडेर सातौं स्थानमा छ । स्कटल्यान्डसँग नेपालले हालसम्म ५ ओडीआई खेल जित्दा ४ खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएका दुवै खेल नेपालले जितेको छ । यो शृङ्खला सुरु हुनुअघि स्कटल्यान्ड र अमेरिका नेपाल ए सँग दुई–दुई पटक पराजित भएका छन् । उक्त नतिजाले सिनियर टोलीलाई पनि जित निकाल्ने मनोबल बढ्नेछ भने चुनौती पनि रहनेछ ।

    AGNI GROUP

    नेपाली क्रिकेट टोलीले गत साता घरेलु मैदानमा लिग २ को एउटा शृंङ्खला खेलेको थियो । ओमान र यूएईसँगको उक्त शृङ्खलामा ४ मध्ये ३ खेल नेपालले जितेको थियो ।

    नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, इशान पान्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट