Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत

मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत

  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो ।

    AGNI GROUP

    आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट