Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय

भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय

  • काठमाडौँ । भ्रष्टाचार मुद्दामा चीनले दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय सुनाएको छ । चीनले पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो । 

    onlinepatrika
    Arghakhachi

    चीनका पूर्व रक्षामन्त्री ली साङ्फुमाथि पदको दुरुपयोग गरेको, पार्टीको अनुशासन र कानून उल्लंघन गरेको तथा ठूलो मात्रामा घुस लिएको र दिएको आरोप छ । भ्रष्टाचार आरोप लागेपछि उनलाई गत वर्षको अक्टोबरमा अचानक पदबाट हटाइएको थियो ।
     
    यता पूर्व रक्षामन्त्री वेई फेङ्गेमाथि पनि घुस लिएको आरोप छ । उनलाई चीनको सैन्य अदालतले भ्रष्टाचारको दोषी ठहर गरेको थियो ।

    AGNI GROUP

    हाल भने चीन दुवैजनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुवैजनालाई पहिलो दुई वर्ष जेलमा राखिनेछ । उक्त अवधिमा दुवैजनाले कुनै अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij