Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या

कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या

  • काठमाडौं । काठमाडौंको कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । बुधबार दिउँसो धारिलो हतियार प्रहारबाट विपिन घिमिरेको मृत्यु भएको हो । उनीमाथि दुई जनाले हतियार प्रहार गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    हतियार प्रहारपछि गम्भीर घाइते भएका उनलाई कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी, पवन भट्टराईले जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार हतियार प्रहार गर्ने विपिनकै साथी हुन् । उनीहरू केही समय पहिले प्रहरी हिरासतबाट छुटेका थिए । उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा पक्राउ गरिएको थियो ।

    हतियार प्रहार गर्ने दुवै जनाको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij