Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने तीन जना पक्राउ

पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने तीन जना पक्राउ

  • काठमाडौं । काठमाडौंमा पेस्तोल देखाएर लुट्ने प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा दुई जनाले लुटपाट प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

    AGNI GROUP

    उनका अनुसार पक्राउ पर्नेमा विकेश राजवाहक र अरूण भुजेल छन्। उनीहरूबाट प्रहरीले एउटा पेस्तोल समेत बरामद गरेको छ।

    अर्का एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्ति ललितपुरका हरिकृष्ण महर्जन हुन्।

    उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा समेत बाहिरिएको थियो। जहाँ हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना पसल छिरेको देखिन्छ। एक्लै बसिरहेकी एक जना महिलालाई उनीहरूले पेस्तोल तेर्साएर लुट्ने प्रयास गरेको भिडिओमा देखिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij