Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह

सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह

  • काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताउनुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उहाँले सीमित स्रोतसाधनका बावजुद प्रदेश सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताउनुभयो।

    AGNI GROUP

    मुख्यमन्त्री शाहले प्रदेश सरकार शैक्षिक गुणस्तर सुधारका साथसाथै बेरोजगारी समस्या समाधानतर्फ उन्मुख रहेको बताउनुभयो । उहाँले हाल आधा किलोमिटर सडक दूरीभित्र कम्तीमा ९० प्रतिशत बालबालिका शिक्षाको पहुँचमा पुगेको बताउँदै बाँकी १० प्रतिशत बालबालिकालाई सडक सञ्जालसँग जोडेर दूरी घटाउनेतर्फ सरकार सक्रिय रहेको बताउनुभयो ।
     
    कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने, सामाजिक विकास सचिव डा. हेमराज रेग्मीलगायत सहभागिता रहेको थियो ।

    यहाँ सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरेको रु १० करोडको लागतमा भवन निर्माण सुरु भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij