Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पहिरोका कारण अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

पहिरोका कारण अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

  • काठमाडौं । केही दिनदेखिको वर्षासँगैको बाढी पहिरोका कारण अवरुद्ध मुख्य राजमार्गहरू केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

    onlinepatrika
    Arghakhachi

    यही १२ वैशाखको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका– ५ बोखिमको मध्यपहाडी लोकमार्ग, १६ वैशाखको पहिराले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका– १० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    AGNI GROUP

    उनले भने, ‘बाढी र पहिराका कारण पूर्ण रूपमा अवरुद्ध भएका केही राजमार्ग र सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएका छन् । १६ वैशाखको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटेकोशी– २ कोदारीस्थित अरनिको राजमार्गमा भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।’

    वर्षात्‌को समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij