Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओपेक प्लस देशहरूले तेल उत्पादनको स्तर तय गर्दै

ओपेक प्लस देशहरूले तेल उत्पादनको स्तर तय गर्दै

  • काठमाडौँ । तेल उत्पादक देशहरूको समूह ओपेक प्लसका सदस्य देशहरू आज तेल उत्पादनको स्तर तय गर्न बैठकमा जुटेका छन् ।

    onlinepatrika
    Arghakhachi

    यो बैठक संयुक्त अरब इमिरेट्स सहभागी नभएको पहिलो बैठक हो । अल जजिराका अनुसार बैठकमा दैनिक १ लाख ८८ हजार ब्यारेलसम्म उत्पादन बढाउने विषयमा सहमति बन्न सक्ने सम्भावना रहेको छ ।

    AGNI GROUP

    ओपेक प्लसमा सहभागी देशहरूमा साउदी अरेबिया, इरान, इराक, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स, अल्जेरिया, लिबिया, नाइजेरिया, भेनेजुएला, ग्याबोन, इक्वेटोरियल गिनी, कङ्गो, अङ्गोला लगायतका ओपेक सदस्य देशहरू रहेका छन् ।

    त्यस्तै, ओपेक बाहिरबाट रूस, काजाखस्तान, अजरबैजान, मलेसिया, मेक्सिको, ओमान, बहरेन, दक्षिण सुडान, ब्रुनेई र सुडान जस्ता देशहरू पनि ओपेक प्लसमा सहभागी छन् ।

    युएईले हालै आफुलाई ओपेक र ओपेक प्लस देशहरुको समुहबाट बाहिर राखेको छ । शुक्रबार विश्वका प्रमुख तेल उत्पादक देशमध्ये एक संयुक्त अरब इमिरेट्सले ओपेक र ओपेक प्लसबाट औपचारिक रूपमा अलग हुने घोषणा गरेको थियो।

    रिपोर्टका अनुसार उत्पादन सीमाप्रति असन्तुष्टि जनाउँदै उक्त देशले यस्तो निर्णय लिएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij