Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । इरानले पश्चिम एसियामा जारी संघर्ष अन्त्य गर्न अमेरिकालाई १४ बुँदे प्रस्ताव पठाएको छ । यस प्रस्तावमा लेबनानलगायत सबै मोर्चामा भइरहेका युद्धहरू पूर्ण रूपमा समाप्त गर्नुपर्ने माग राखिएको छ ।
यसबाहेक, इरानले राखेको प्रस्तावमा अन्य मुख्य मागहरूमा होर्मुज जलमार्ग र इरानमाथि लगाइएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने विषय रहेको बताइएको छ ।
इरानको इरानको रिभोलुसनरी गार्ड्सनिकट अर्ध–सरकारी समाचार एजेन्सीहरू ‘तास्निम’ र ‘फार्स’का अनुसार इरानले अमेरिकाको ९ बुँदे प्रस्तावको जवाफमा पाकिस्तानमार्फत १४ बुँदे प्रस्ताव पठाएको हो । अमेरिकाको उक्त प्रस्तावमा रूपमा दुई महिनाको युद्धविरामको समय–सीमा उल्लेख गरिएको थियो ।
इरानले युद्धको स्थायी समाधानमा जोड दिँदे कुनै पनि प्रकारको अल्पकालीन वा अन्तरिम व्यवस्थालाई अस्वीकार गरिदिएको बताइएको छ । यसको सट्टा, इरानले ३० दिनभित्र एक बृहत् र स्थायी समाधान खोजिनुपर्नेमा जोड दिएको छ, जसलाई अस्थायी युद्धविरामका रूपमा नभई स्थायी रूपमा युद्ध समाप्त भएको मानिने उल्लेख रहेको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij