Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

  • काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता त्यागेका १९ जना चिकित्सकको दर्ता (लाइसेन्स) खारेज गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    काउन्सिलका अनुसार अमेरिकादेखि बेलायतसम्मका सात देशका राहदानी लिएका नेपालीमूलका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाइएको हो । रजिस्ट्रार डा. सतिश देवका अनुसार यो निर्णय ऐन र नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका क्रममा गरिएको हो ।

    AGNI GROUP

    काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाली नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका चिकित्सकहरूको लाइसेन्स खारेज गरेको जनाएको छ ।

    विवरणअनुसार बेलायतको नागरिकता लिएका ७ जना, अमेरिकाको ५ जना, क्यानडा र न्युजिल्याण्डका २–२ जना तथा जर्मनी, भारत र अष्ट्रेलियाका १–१ जना चिकित्सकको दर्ता खारेज गरिएको हो ।

    काउन्सिलले यसलाई औपचारिक निर्णय कार्यान्वयनको प्रक्रिया भएको बताउँदै नामहरू सार्वजनिक गर्ने सूचना मात्र प्रकाशित गरिएको स्पष्ट पारेको छ ।

    680243904_2085806758655417_372367466423825927_n-1-768x474.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij