Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्यानडाको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

क्यानडाको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

  • काठमाडौं । क्रिकेट क्यानाडाले अनुभवी भारतीय कोच मोन्टी देसाईलाई पुरुष राष्ट्रिय टोलीको अन्तरिम हेड कोच नियुक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उनी नेपाली राष्ट्रिय टीमका पूर्वप्रशिक्षक हुन्। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका महत्वपूर्ण खेलहरूको लागि उनलाई नियुक्त गरिएको हो । देसाईले इनग्लेटन लिबर्डको स्थान लिँदै टिमको जिम्मेवारी सम्हाल्नेछन् । लिबर्डले हालै भारत र श्रीलंकामा सम्पन्न टी–२० विश्वकपमा क्यानाडा टिमको प्रशिक्षण गरेका थिए ।

    AGNI GROUP

    मुम्बईका मोन्टी देसाई क्यानाडा क्रिकेटसँग अपरिचित भने होइनन् । सन् २०१९ मा पनि उनले क्यानाडा टिमको हेड कोचको रूपमा काम गरिसकेका छन् । त्यसपछि उनले वेस्ट इन्डिज टेस्ट टिममा ब्याटिङ कोचको भूमिका निर्वाह गरेका थिए ।

    उनले नेपाल राष्ट्रिय क्रिकेट टिमको हेड कोचको रूपमा पनि सफलतापूर्वक काम गरेका थिए र आईपीएल टीम राजस्थान रोयल्स तथा गुजरात लायन्ससँग पनि जोडिएका छन् । नेपाल प्रिमियर लिगमा उनी काठमाण्डु गुर्खाजको प्रमुख प्रशिक्षक बनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट