Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टेकुको कालोपुल क्षेत्रका सुकुम्बासी बस्तीमा चल्यो डोजर

टेकुको कालोपुल क्षेत्रका सुकुम्बासी बस्तीमा चल्यो डोजर

  • काठमाडौं । काठमाडौंको टेकुस्थित कालोपुल क्षेत्रमा रहेको सुकुम्बासी बस्तीका अनधिकृत संरचनाहरूमा डोजर चलाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    टेकु र त्रिपुरेश्वरको सीमानामा पर्ने बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो ।

    AGNI GROUP

    नदी किनारका क्षेत्रलाई अतिक्रमणमुक्त गराउने अभियानको दोस्रो चरणअन्तर्गत काठमाडौं महानगरपालिका र सम्बन्धित निकायले यी संरचनाहरू भत्काउन सुरू गरेका हुन् ।

    नदी तटीय क्षेत्रको संरक्षण र सहरी सौन्दर्यीकरणका लागि अनधिकृत रूपमा निर्माण गरिएका टहराहरू हटाउने कार्यलाई तिब्रता दिइएको छ ।

    यसअघि पहिलो चरणको अभियानअन्तर्गत मनोहरा, थापाथली र गैरीधारा क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरू हटाइएका थिए ।

    सोही कार्ययोजनालाई निरन्तरता दिँदै अहिले टेकु र आसपासका क्षेत्रमा रहेका संरचनाहरूमाथि कारबाही अगाडि बढाइएको हो ।

    बस्ती हटाउने क्रममा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने सरकारी जग्गा र नदी किनार मिचेर बनाइएका संरचनाहरूलाई पूर्ण रूपमा हटाउने लक्ष्य राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij