Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कविता कुँवरको उत्कृष्ट बलिङप्रेरित नेपालले आईसीसी महिला च्यालेन्ज ट्रफीमा भानुआटुलाई ८३ रनले पराजित गरेको छ ।
प्रतियोगितामा भानुआटु र नेपालको यो दोस्रो भेट हो । यसअघि भएको पहिलो खेलमा नेपाल २२ रनले पराजित भएको थियो । जितसँगै दोसो स्थानमा उक्लिएको नेपालले प्रतियोगितामा आठ अंक जोडेको छ । नेपालले सात खेल खेल्दा चार जित र तीन हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।
नेपालले समान आठ अंक बनाएको घरेलु टोलीलाई रनरेटले पछाडि पारेको छ ।
बिहीबार रुवान्डाको गहांगा क्रिकेट रंगशालामा नेपालले प्रस्तुत गरेको ११३ रनको लक्ष्य प्रस्तुत गरेको भानुआटुले १६.४ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij