Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा सचेतकमा पदमबहादुर परियार मनोनीत भएका छन्। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज तनहुँका सांसद परियारलाई राष्ट्रिय सभा सचेतक मनोनीत गरेका हुन्।
‘नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३० को धारा १३ ९३) बमोजिम राष्ट्रिय सभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनयन गर्नु भएको छ,’ संसदीय दलले जारी गरेको वक्तव्यमा उल्लेख छ। यसअघि सचेतक कृष्णबहादुर रोकाया थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij