Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

सरकारी प्रणाली ह्याक प्रकणमा एक निर्माण व्यवसायी पक्राउ

सरकारी प्रणाली ह्याक प्रकणमा एक निर्माण व्यवसायी पक्राउ

  • काठमाडौँ । सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को (ई–गभन्र्मेन्ट) (ई–जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्का विवरण हेरफेर गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक रत्ननगर नगरपालिका वडा नम्बर १२ चितवन स्थायी घर भई मण्डिखाटार काठमाडौँ बस्ने ७० वर्षिय ऋषिकेश गौलीलाई पक्राउ गरिएको प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार साइबर ब्यूरोबाट खटिएको टोलीले गौलीलाई पुरानो बानेश्वर काठमाडौँबाट पक्राउ गरी संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

    यो मुद्दामा हालसम्म १० जना निर्माण व्यवसायीसहित १३ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij