Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

जिउँदो व्यक्तिको मृत्युदर्ता गराइयो, वडाध्यक्ष र सचिवसहित ४ जना पक्राउ

जिउँदो व्यक्तिको मृत्युदर्ता गराइयो, वडाध्यक्ष र सचिवसहित ४ जना पक्राउ

  • काठमाडौं । जिउँदो व्यक्तिको मृत्युदर्ता गराइएको घटनामा पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष र सचिव पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई बुधवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    AGNI GROUP

    वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जना पक्राउ परेका हुन् । प्रहरीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र बनाइएको छ ।

    यसअघि नै झुटा विवरण पेश गरी मृत्यु दर्ता गराउने मुख्य आरोपी नारायणी पारी सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका थिए ।

    अनुसन्धानका क्रममा अन्सारीले सोही वडाका एक ६६ वर्षीय छिमेकीलाई आफ्नो बुवा भन्दै मृत्युदर्ताका लागि निवेदन दिएको खुलेको छ । तर, ती छिमेकी ज्यूँदै छन् ।

    अन्सारीको बुवाको भने २०६० सालमै मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ । मृत्यु दर्ता गराउन वडाध्यक्ष र सचिवको समेत मिलेमतो देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

    मृत्यु दर्ता गरिएका व्यक्तिका छोराले गत वर्ष चैत्र महिनामा प्रहरीमा जाहेरी दिएपछि यो प्रकरण बाहिर आएको हो । त्यसपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    मृत्यु दर्ताको मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् । साक्षीका रूपमा हस्ताक्षर गर्ने अन्य सात जना भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । के उद्देश्यका लागि ज्यूँदो व्यक्तिको मृत्यु दर्ता गरिएको हो भन्ने प्रहरीले निर्क्यौल गरिसकेको छैन ।

    प्रहरीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाउने कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ । अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij