Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निजामती विधेयकको मस्यौदाउपर ३५ सयभन्दा बढी सुझाव, विश्लेषण गर्दै मन्त्रालय

निजामती विधेयकको मस्यौदाउपर ३५ सयभन्दा बढी सुझाव, विश्लेषण गर्दै मन्त्रालय

  • काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि सोमबारसम्म ३५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसका अतिरिक्त विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका सुझाव र प्रतिक्रियासमेत सङ्कलन तथा विश्लेषणसमेत भइरहेको छ ।

    AGNI GROUP

    सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी र आमनागरिकको जानकारी तथा पृष्ठपोषणका लागि यही वैशाख ११ गते मन्त्रालयले मस्यौदा प्रकाशन गरेको थियो ।

    विधेयकलाई थप प्रभावकारी बनाउन प्राप्त सुझावलाई व्यवस्थित रूपमा सङ्कलन, अध्ययन तथा विश्लेषण गर्न मन्त्रालयले त्यसका लागि प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठन गरी अध्ययन विश्लेषणको कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले सूचनामा भनेको छ, ‘मन्त्रालयद्वारा सार्वजनिक विधेयकको मस्यौदा प्रारम्भिक मस्यौदा भएकाले यसमा सुधारका धेरै क्षेत्रहरू रहेका विषयमा मन्त्रालय अवगत छ। अतःमस्यौदालाई अन्तिम रूप दिनुपूर्व सरोकार भएका निकायबाट प्राप्त सुझाव अध्ययन गरी उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने विषयमा सम्बद्ध सबैलाई आश्वस्त हुनसमेत अनुरोध छ ।’

    मन्त्रालयले यसअघि उपलब्ध गराएको सुझावका अतिरिक्त अध्ययन कार्यसमूहको इमेल तथा ह्वाट्एप नम्बरमार्फत आफ्ना रायसुझाव र पृष्ठपोषण पठाउन पनि अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij