Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

  • काठमाडौँ । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटना पछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गर्नु भएको छ ।

    AGNI GROUP

    उहाँका अनुसार मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ भने ८४ जना घाइतेहरूले विभिन्न स्वास्थ्य सुविधाहरूमा उपचारका लागि लगिएको छ । स्थानीय समय अनुसार वेलुका करिब ८ः५० मा जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीको रेलहरु एक आपसमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ ।

    रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij