Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अतिक्रमण हटाउने विषयमा छलफल गर्न दाङका १० वटै पालिका प्रमुखलाई बोलाइयो

अतिक्रमण हटाउने विषयमा छलफल गर्न दाङका १० वटै पालिका प्रमुखलाई बोलाइयो

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय दाङले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउनका लागि छलफल गर्न १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई निर्देशन जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सरकारले गएको चैत्र १४ गते शासकीय सुधारका लागि ल्याएको एक सय बुँदेदे कार्यसूचि अन्तर्गत जिल्ला प्रशासनले पालिका प्रमुख र उपप्रमुखलाई छलफलका लागि बोलाएको हो ।

    AGNI GROUP

    सरकारले सार्वजनिक गरेको एकसय कार्यसूचि मध्य ९२ नम्बर बुँदामा नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउने र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउने कार्य तत्काल सुरु गर्ने उल्लेख गरिएको छ ।

    यसैलाई आधारमा मानेर जिल्ला प्रशासन कार्यालय दाङले परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालयलाई संघीय सरकारको प्रतिनिधिका रुपमा लिइन्छ । प्रशासनले सवा १० बजे स्वास्थ्य कार्यालयको सभाहलमा बोलाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij