Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इरान युद्धपछि अमेरिकाका महत्त्वपूर्ण र महँगा हतियारको भण्डारण घट्यो

इरान युद्धपछि अमेरिकाका महत्त्वपूर्ण र महँगा हतियारको भण्डारण घट्यो

  • काठमाडौं । इरानसँग ३८ दिनसम्म चलेको युद्धमा अमेरिकाले आफ्ना धेरै महत्त्वपूर्ण र महँगा क्षेप्यास्त्र प्रयोग गरेपछि हतियार भण्डार तीव्र रूपमा घटेको बताइएको छ । चीनजस्ता ठूला देशसँग सम्भावित युद्धका लागि सुरक्षित राखिएका केही क्षेप्यास्त्र पनि यही युद्धमा प्रयोग गरिएको जनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    रिपोर्टअनुसार अमेरिकाले युद्धमा करिब ११०० लामो दूरीका स्टेल्थ क्षेप्यास्त्र प्रयोग गरेको थियो। यी क्षेप्यास्त्र विशेष रूपमा चीनविरुद्ध प्रयोगका लागि तयार गरिएको मानिन्छ।

    AGNI GROUP

    यसका साथै १००० भन्दा बढी टमाहक क्षेप्यास्त्र, १२०० भन्दा बढी प्याट्रियट अवरोधक क्षेप्यास्त्र र १००० भन्दा बढी अन्य आक्रमणकारी क्षेप्यास्त्र प्रहार गरिएको थियो। यो युद्धमा कुल २८ अर्बदेखि ३५ अर्ब डलरसम्म खर्च भएको अनुमान छ । अर्थात् प्रतिदिन करिब १ अर्ब डलर खर्च भएको देखिन्छ ।

    अमेरिकी रक्षा मन्त्रालयका अनुसार १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको थियो । तर एउटै लक्ष्यमा पटक–पटक आक्रमण भएकाले वास्तविक प्रयोग भएका हतियारको संख्या अझ धेरै रहेको अधिकारीहरूले बताएका छन्।

    विशेषगरी लामो दूरीका क्षेप्यास्त्र र टमाहकको भण्डार तीव्र रूपमा घटेको छ। एक अध्ययनअनुसार अहिले अमेरिकासँग करिब ३ हजार टमाहक क्षेप्यास्त्र मात्र बाँकी रहेको बताइएको छ ।

    प्याट्रियट अवरोधक क्षेप्यास्त्र पनि तीव्र रूपमा सकिएको छ । एउटा यस्तो क्षेप्यास्त्रको मूल्य करिब ४० लाख डलर पर्छ । सन् २०२५ मा ६०० वटा उत्पादन भए पनि युद्धमा १२०० भन्दा बढी प्रयोग भएको जनाइएको छ ।

    ह्वाइट हाउसले भने हतियार सकिएको दाबी अस्वीकार गरेको छ । प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकासँग विश्वकै सबैभन्दा शक्तिशाली सेना रहेको र पर्याप्त हतियार मौज्दातमा रहेको बताएकी छन् । हतियार अभावका कारण अमेरिकाले एशिया र युरोपबाट पनि आफ्ना सैन्य स्रोत मध्यपूर्व पठाउनुपरेको जनाइएको छ। यसले त्यहाँ तैनाथ सेनाको तयारीमा असर परेको बताइएको छ ।

    अब अमेरिकासामु सबैभन्दा ठूलो चुनौती हतियारको भण्डार पुनस् भरिने रहेको विश्लेषकहरूले बताएका छन्। रक्षा विज्ञहरूका अनुसार पुरानै स्तरमा भण्डार पुर्‍याउन धेरै वर्ष लाग्न सक्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij