Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चट्याङले घरमा आगलागी, सर्लाहीमा ठूलो धनमाल क्षति, एक घाइते

चट्याङले घरमा आगलागी, सर्लाहीमा ठूलो धनमाल क्षति, एक घाइते

  • काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङ परेर आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शनिबार राति करिब ११स्३० बजे परेको चट्याङका कारण स्थानीय रामस्वरुप रायका करिब ६० वर्षीय छोरा सिताराम यादव घाइते भएका हुन् । प्रहरीका अनुसार यादवको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ ।

    AGNI GROUP

    घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पताल लगिएको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको र उपचार जारी छ ।

    घटनाबारे आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

    प्रहरीका अनुसार चट्याङपछि लागेको आगलागीले यादवको घर तथा गोठमा ठूलो क्षति पुर्‍याएको छ । आगलागीमा ९ वटा बाख्रा र ५ वटा भैंसी जलेर मरेका छन् भने एक वटा पाडा घाइते भएको छ ।

    यसैगरी घरमा भण्डारण गरिएको करिब १ क्विन्टल चामल, १० क्विन्टल धान, २ क्विन्टल गहुँ, १ क्विन्टल मसुरोको दाल, भाँडाकुँडा तथा लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij