Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

काठमाडौं-दोहा उडान पुन: थाल्दै नेपाल एयरलाइन्स

काठमाडौं-दोहा उडान पुन: थाल्दै नेपाल एयरलाइन्स

  • काठमाडौँ । पश्चिम एसिया (मध्यपूर्व) युद्धका कारण अनियमित काठमाडौंं-दोहा रुटमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान तयारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    निगमले वैशाख तेस्रो सातादेखि उडान नियमित गर्ने योजना बनाएको सूचना जारी गर्दै जनाएको छ । निगमका अनुसार काठमाडौं-दोहा-काठमाडौं रुटमा सातामा ४ उडान गर्न लागिएको सूचनामा उल्लेख छ । जस अनुसार काठमाडौंबाट सोमबार, बिहीबार र शनिबार उडान हुनेछ ।

    AGNI GROUP

    निगमले मध्यपूर्वमा जारी असहज परिस्थिति र असुरक्षाका कारण यी उडान जुनसुकै समयमा रद्ध हुन सक्नेमा भने अग्रिम जानकारी गराएको छ ।

    त्यसरी रद्ध भएको अवस्थामा निगमले थप आर्थिक र अन्य दायित्व नबेहोर्ने स्पष्ट पारिएको छ । निगमले पहिले टिकट लिई यात्रा गर्न असमर्थ यात्रुलाई प्राथमिकता समेत दिने भनेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij