Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

टिकटकबाट महिलालाई लोभ देखाइ ठगी गर्ने युवक पक्राउ

टिकटकबाट महिलालाई लोभ देखाइ ठगी गर्ने युवक पक्राउ

  • काठमाडौं । अनलाईन मार्फत पार्सल तथा उपहार पठाउने बहानामा ठगीमा संलग्न इलाम फाकफोकथुम गाउँपालिका-६ का २७ वर्षीय सुजन लिम्बू भन्ने सुशन थेगिम पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले टिकटकमा रोहन राजपुत नाम गरेको आईडी खोलेर नेपाली महिलासँग साथी बनेर कुराकानी गर्ने गरेका थिए ।

    AGNI GROUP

    कुराकानीको क्रममा ‘म तिमीलाई मन पराउँछु भनी विभिन्न प्रलोभनमा पारी डलर, गरगहना लगायतका विभिन्न उपहार डीएचएल मार्फत पठाएको छु तिम्रो सामान काठमाण्डौको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको छ उक्त सामान बुझ्नको लागि तिमीले भन्सारकर बापतको रकम भुक्तानी गर्नुपर्छ’ भन्दै म्यासेज पठाउने गरेको प्रहरीले बताएको छ ।

    उनले वाट्सएप 9700435331 नम्बरबाट  सम्पर्क गरी विभिन्न बैंक खातामा २ लाख रकम पठाउन लगाई ठगी गर्ने गरेको काठमाडौं उपत्यका अनुराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सुजनमाथि ठगी कसुरमा अनुसन्धान थालिएको छ । उनको साथबाट मोवाइल, सिमकार्ड बरामद गरिएकव छ । ह्वाट्सएपबाट ती युवाले ४० भन्दा बढी महिललाई सम्पर्क गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij