Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासनप्रणालीको प्रस्ताव गरेका छन् । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलसमक्ष उनले विभिन्न प्रस्ताव राखेका हुन् ।
उनले निर्वाचित कार्यकारी प्रमुखको पायकका व्यक्तिहरूलाई लिएर मन्त्रिपरिषद् गठनको प्रस्ताव पनि गरेका छन् । मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, समुदाय र लिंगका आधारमा समावेशी प्रकार र चरित्रको हुनुपर्नेमा उनले जोड दिएका छन् ।
“सबै जातजातिका नागरिकहरूलाई राज्यमा सबै अंगहरूमा सहभागी गराउने,” साम्पाङको प्रस्ताव छ, “राजनीतिक पद तथा सेना, प्रहरीलगायत सबै कर्मचारी संयन्त्र सबैतिर सहभागी गराउने १”
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा उक्त कार्यदल छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij