Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इरान वार्ताका लागि सधैँ तयार रहेको बताएका छन्, तर अमेरिकाको धम्कीपूर्ण व्यवहारले यस प्रक्रियामा अवरोध सिर्जना गरिरहेको उनले स्पष्ट पारेका छन्।
राष्ट्रपति पेजेश्कियानले उक्त अभिव्यक्ति अमेरिका सँग दोस्रो चरणको वार्ताको बहस चलिरहेको बेलामा दिएका हुन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै उनले भनेका छन्' इरान वार्ता र सहमतिको स्वागत गर्दछ र भविष्यमा पनि गरिरहनेछ। तर वाचा तोड्नु, प्रतिबन्ध लगाउनु र धम्की दिनु नै वार्ताका लागि सबैभन्दा ठूला बाधक हुन्।'
उनले अगाडि थप लेखेका छन्, 'विश्वले तपाईंको (अमेरिका) कहिल्यै अन्त्य नहुने दोधारे कुरा, दाबी र काम गराइको बीचमा रहेको ठूलो अन्तरलाई देखिरहेको छ।'
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने शुक्रबारसम्म इरानसँग पाकिस्तानमा दोस्रो चरणको वार्ता सुरु हुने सम्भावना रहेको बताएका छन्।
यसअघि इस्लामाबादमा हुने तय भएको वार्ता रद्द भएको थियो। इरानले यस वार्तामा खासै चासो नदेखाएका कारण उक्त प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij