Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले होर्मुज जलघाँटीमा एउटा कन्टेनर जहाजमाथि गोलीबारी गरेको बताइएको छ।
युनाइटेड किङ्डम समुद्री व्यापार सञ्चालन केन्द्र (यूकेएमटीओ)ले यस्तो बताएको हो।
बेलायती रोयल नेभीको नेतृत्वमा सञ्चालित यूकेएमटीओले यो घटना ओमानबाट १५ नौटिकल माइल उत्तर–पूर्वतर्फ भएको जनाएको छ।
रिपोर्टमा भनिएको छ ‘आईआरजीसीको एउटा गनबोट जहाज नजिक पुगेको थियो, तर कुनै रेडियो चेतावनी दिइएको थिएन। त्यसपछि गनबोटले जहाजमाथि गोली चलायो, जसका कारण जहाजको नियन्त्रण केन्द्रमा ठूलो क्षति पुगेको छ।’
इरानी समाचार एजेन्सीहरूले भने जहाजले इरानी सेनाको चेतावनीलाई ‘बेवास्ता’ गरेको बताएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij