Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रुपन्देहीमा पाँचौँ एमके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँदै

रुपन्देहीमा पाँचौँ एमके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँदै

  • काठमाडौं । रुपन्देहीको तिलोत्तमा तथा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यसहित पाँचौँ एमके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    खेल पर्यटनको विकासमार्फत विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    AGNI GROUP

    जापान गोजुरियो कराते–डो मिशन संघ नेपाल, रुपन्देही तिलोत्तमामा स्थापना भएसँगै क्षेत्रको पहिचान स्थापित गर्न निरन्तर लागिरहेको र स्थानीय तहबाट प्राप्त सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा गरिएको संघले जनाएको छ ।

    खेलले खेलाडीमा अनुशासन, विकास र गतिशीलता प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकको छ।

    संघका संस्थापक तथा प्रमुख प्रशिक्षक काजी रानाले नेपालबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको जानकारी दिए ।

    आगामी वैशाख ११ र १२ गते तिलोत्तमामा आयोजना हुने प्रतियोगितामा जुनियर, क्याडेट र सिनियर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने सचिव गिरी पुनले बताए । प्रतियोगितामा ११ देखि १४ वर्ष, १५ देखि १७ वर्ष तथा १८ वर्ष माथिका खेलाडी सहभागी हुनेछन् ।

    प्रतियोगितामा भारत, बंगलादेश, भुटान र नेपालका खेलाडीबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिता रुपन्देहीमा निरन्तर रूपमा आयोजना हुँदै आएको पाँचौँ संस्करण हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij