Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणलाई तीव्रता दिँदै अर्थ मन्त्रालयले सोमबार विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गरेको थियो।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको समग्र विश्लेषणमा केन्द्रित रही विचार–विमर्श गरिएको थियो। छलफलका क्रममा मुलुकको विद्यमान आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै बजेट निर्माण गर्दा प्राथमिकता दिनुपर्ने विषयहरूबारे सहभागीहरूबीच गहन मन्थन भएको बताइएको छ।
आगामी बजेटलाई अझ व्यावहारिक, सन्तुलित र नतिजामुखी बनाउने उद्देश्यले यस्तो छलफल गरिएको मन्त्रालयले जनाएको छ। यस प्रकारको प्रारम्भिक संवादले बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने तथा समग्र आर्थिक सुधारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij