Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्तर्गत तेह्रौँ बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij