Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिकाको लुइजियानामा बन्दुकधारीले आफ्नै ७ सन्तानसहित ८ बालबालिकाको ज्यान लिए

अमेरिकाको लुइजियानामा बन्दुकधारीले आफ्नै ७ सन्तानसहित ८ बालबालिकाको ज्यान लिए

  • काठमाडौँ । अमेरिकाको लुइजियाना राज्यमा एक बन्दुकधारीले ७ आफ्नै सन्तानसहित ८ जना बालबालिकाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । सीएनएनका अनुसार यो घटना सन् २०२४ यताकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डका रूपमा दर्ज भएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय प्रहरीले जनाएअनुसार घटनामा संलग्न व्यक्ति ७ जना बालबालिकाका पिता रहेको पुष्टि भएको छ । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद र मानसिक अवस्थासँग सम्बन्धित कारण हुन सक्ने आशंका गरिएको छ, यद्यपि विस्तृत अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।

    AGNI GROUP

    घटनास्थलमा पुगेका सुरक्षा अधिकारीहरूले सबै पीडित बालबालिका रहेको पुष्टि गरेका छन् । यस घटनाले अमेरिकी समाजमा फेरि एकपटक बन्दुक नियन्त्रण र घरेलु हिंसाबारे गम्भीर बहस चर्काएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij