Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नोबेल विराट गोल्डकपको उपाधि झापा ११ लाई

नोबेल विराट गोल्डकपको उपाधि झापा ११ लाई

  • काठमाडौँ । विराटनगरमा सम्पन्न ३८औं संस्करणको 'नोबेल विराट गोल्डकप' को उपाधि झापा ११ ले उचालेको छ। 

    onlinepatrika
    Arghakhachi

    आइतबार राति सहिद रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलले पराजित गर्दै झापाले दोस्रो पटक ट्रफी हात पारेको हो। 

    AGNI GROUP

    उपाधिसँगै झापाले ११ लाख रूपैयाँ नगद पुरस्कार जित्दा उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रूपैयाँमा चित्त बुझायो। यसअघि २०७१ सालमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलो पटक यो उपाधि जितेको थियो।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोस्रो हाफमा झापाले खेलको गति आफ्नो पक्षमा मोड्यो।

    ८१ औं मिनेटमा राजेश दाहालले गोल गर्दै झापालाई अग्रता दिलाए। गोलरक्षक विशाल सुनारको लामो पासलाई उनले सुन्दर रूपमा जाली चुमाएका थिए।

    त्यसको ६ मिनेटपछि दिवस उराउले फागुराम थारूको पासमा अर्को गोल थप्दै झापाको जित  सुनिश्चित गरे। इन्जुरी समयमा सम्राटका सौरभ तामाङले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

    पहिलो हाफमै दुवै टोलीले अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। सम्राटका सुरज तामाङको प्रहार झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट रूपमा बचाए भने झापाका सुलमान किङको प्रहार पोस्ट बाहिरिएको थियो।

    दोस्रो हाफमा भने झापा थप आक्रामक देखियो, तर केही अवसरहरू गोलमा परिणत हुन सकेनन्। 

    फाइनल खेलका उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) झापाका राजेश दाहाल घोषित भए। उनले ११ हजार रूपैयाँ पुरस्कार पाए।

    प्रतियोगिताका विधागत पुरस्कारमा पनि झापाको वर्चस्व रह्यो। फागुराम थारू ३ गोलसहित सर्वाधिक गोलकर्ता बने भने विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए।

    सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए। उनले ५१ हजार रूपैयाँ नगद प्राप्त गरे।

    विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, वन, पर्यटन तथा वातावरण मन्त्री भिम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए।

    चैत २८ गतेदेखि सुरू भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट