Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हावाहुरी र असिनाले ७४ वटा सवारीसाधनमा क्षति

हावाहुरी र असिनाले ७४ वटा सवारीसाधनमा क्षति

  • काठमाडौँ । पृथ्वी राजमार्गअन्तरगत चितवनको इच्छाकामना क्षेत्रमा आज साँझ आएको हावाहुरी र असिनापानीले ७४ वटा सवारी साधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ ३५ मिनेट आएको हावाहुरी र असिनापानीले रोकिराखेका सवारी साधनमा क्षति पुर्याएको हो ।

    onlinepatrika
    Arghakhachi

    चितवनका प्रहरीका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार ५७ वटा कार, १५ वटा हाइस माइक्रोबस, एउटा मोटरसाइकल र एउटा ट्रकमा क्षति पुगेको हो । मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार सबै सवारी साधन रोकिरहेको स्थानमा क्षति पुगेको थियो । भने सबै क्षति इच्छाकामना गाउँपालिका अन्तरगतको वडा नम्बर ३, ४ र ५ मा रहेका पृथ्वी राजमार्ग क्षेत्रमा भएका हुन् ।

    मूल सडक आसपास रोकिएका ती साधनमा असिना तथा हावाहुरीका कारण क्षति पुगेको थियो । आज साँझ ४ बजेर ५५ मिनेटमा आएको हावाहुरी असिना ५ बजेर ३० मिनेटसम्म आएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij