Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

घर घरमा राहदानी पु-याउन हुलाकमा स्रोतसाधनको अभाव

घर घरमा राहदानी पु-याउन हुलाकमा स्रोतसाधनको अभाव

  • काठमाडौँ । घरमै हुलाकमार्फत राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका कागजात पठाउने भनिए पनि अहिले राहदानी पठाउने कार्य हेटौँडा उपमहानगर क्षेत्रभित्र मात्र सीमित बनेको छ । 

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहदानीका लागि आवेदन दिएर तयार भई प्राप्त भएका राहदानी हुलाकमार्फत पठाउन थालेको छ तर ग्रामीण क्षेत्रमा पु-याउन जनशक्तिसँगै सवारीसाधन अभाव र सुरक्षाका दृष्टिले अहिले सम्भव नभएको हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेले बताउनुभयो । उहाँले अहिले परीक्षणका रूपमा हेटौँडा उपमहानगरभित्र सुरु गरिएको र नगरकै कतिपय स्थानमा राहदानी पु-याउन समस्या रहेको भन्दै सडक र यातायात पहुँचका कारण राहदानी लिएर गएका हुलाकी घरसम्म नपुगेर फर्किनुपर्ने बाध्यता आएको सुनाउनुभयो ।

    AGNI GROUP

    उहाँले भन्नुभयो, “हुलाक कार्यालयसँग सवारीसाधन छैन, सवारीसाधन भएका हुलाकी र हल्कारालाई जिम्मा लगाएर पठाउनुपर्ने अवस्था, अतिरिक्त सुविधा दिन सकिँदैन, इन्धन दिन पनि कोटामा हुँदैन, कार्यालयबाट पाँच लिटरसम्म दिनुपर्ने अवस्था छ । कामको चाप र जिम्मेवारी बढेसँगै हुलाक कार्यालयले हुलाकी र हल्कारालाई उपलब्ध गराउने सञ्चार खर्च एक हजार रुपियाँ पनि पर्याप्त नहुने उहाँले बताउनुभयो । 

    सरकारले ल्याएको एक सयबुँदे शासकीय सुधार कार्ययोजना अनुसार मकवानपुरमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरका रहेको राहदानी हुलाकमार्फत घरमै पु¥याउन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तयार भएर जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको राहदानी बुझ्न नआउने व्यक्तिलाई राहादानी तपाईंले कार्यालयमा आएर बुझ्नु हुन्छ वा हामी हुलाकबाट पठाइदिउँ सो विषय प्रस्ट जानकारी गराई दिन सार्वजनिक रूपमा भनेको छ । जिल्ला हुलाक कार्यालयमार्फत वैशाख २ गतेबाट राहदानी घरमा नै पु-याउन सुरु गरिएको हुलाक कार्यालयका प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँले शुक्रबारसम्म तीन दिनमा हुलाकका हल्कारा र हुलाकमार्फत ७६ थान हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानमा घरमा नै लगेर बुझाइएको बताउनुभयो । 

    जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीले उपलब्ध गराएको नम्बरमा फोन गर्ने र सेवाग्राहीले हुलाकबाट ल्याउन मञ्जुर गरेमा घरमा नै पठाउने व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो, “साधारण पत्रको ४० रुपियाँ लिने गरिएको छ, एक थान राहदानी पु-याएबापत ५५ रुपियाँ लिने गरेका छौँ ।”

    जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट राहदानी लिनका लागि आवेदन दिएका मध्ये २०८२ चैत्र २० गतेसम्म आवेदन दिने व्यक्तिहरूको राहदानी तयार भई प्राप्त भइसकेको भन्दै मकवानपुर प्रशासनले प्राप्त भएका मध्ये ६५० भन्दा बढी राहादानी सम्बन्धित व्यक्तिले बुझ्‍न नआएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij