Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियता

एमाले जनसंगठनसँग अलग्गै छलफल

एमाले जनसंगठनसँग अलग्गै छलफल

  • काठमाडौँ । राजनीतिक गतिविधिमा सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले जनसंगठनका नेताहरुसँग छलफल गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले असार १४ गते आयोजना गरिने मदन भण्डारी हिरक जयन्ती कसरी मनाउने रु भन्ने विषयमा सुझाव संकलन गरेको स्वकीय सचिव राजकुमार राईले बताए ।

    AGNI GROUP

    एमालेको ११ औँ महाधिवेशनपूर्वको जिम्मेवारीमा जनसंगठन समन्वय गर्ने वर्तमान केन्द्रीय सचिव भानुभक्त ढकाल पनि उक्त छलफलमा सहभागी थिए । ढकाल ओलीनिकटका हुन् ।

    फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले व्यहोरेको क्षति र त्यसपछि पार्टी नेतृत्व तथा सिंगो सांगठानिक संरचनाका बारेमा चलेका बहसका बारेमा भण्डारीले कुनै धारणा राखेकी छैनन् ।

    नयाँ बानेश्वर, थापागाउँस्थित मदन भण्डारी फाउण्डेशनको कार्यालयमा उनले ती नेताहरुलाई बोलाएकी थिइन् । उनी फाउण्डेशनकी संरक्षक हुन् । उक्त फाउण्डेशनकी अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट