Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजश्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मागेको हो ।
खड्कालाई गत १५ चैतमा प्रहरीले पक्राउ गरेको थियो । उनकी पत्नी विनिता थापाले गैरकानूनी रुपमा पक्राउ गरिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो । अर्को पेशी भोली तोक्न न्यायाधीशद्वयले आदेश गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij