Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विराट गोल्ड कपमा सम्राट स्पोर्टिङ विजयी

विराट गोल्ड कपमा सम्राट स्पोर्टिङ विजयी

  • काठमाडौँ ।  विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको ‘फ्लडलाइट’मा (रात्रिकालीन) नकआउट आधारमा मङ्गलबार सम्पन्न खेलमा सम्राटले भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विर्सामुण्डाका शङ्कर किस्कुले ४४ ‍‌‌औं मिनेटमा गोल गरेका थिए भने खेलको ५०औँ मिनेटमा सम्राटका मौसम लिम्बू, ८६औँ मिनेटमा प्रताप तामाङले गोल गरे । खेलको अतिरिक्त (इन्जुरी) समयमा प्रताप तामाङले पुनः दोस्रो गोल गर्दै टोलीलाई ३-१ को अन्तरले विजयी बनाएका छन् । उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ प्लेयर अफ द म्याच घोषित भई नगद रु ११ हजार प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट