Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति विवरण सार्वजनिक, ४ करोडभन्दा बढी सेयर लगानी

अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति विवरण सार्वजनिक, ४ करोडभन्दा बढी सेयर लगानी

  • काठमाडौं । डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेको लगानी संरचनामा स्थावर सम्पत्तिसँगै सेयर बजारमा उल्लेख्य उपस्थिति देखिएको छ।

    onlinepatrika
    Arghakhachi

    उपलब्ध विवरणअनुसार वाग्लेसँग चारवटा घर तथा अपार्टमेन्ट रहेका छन्। ललितपुरको सानेपामा करिब २ करोड रुपैयाँ मूल्य बराबरको अपार्टमेन्ट, ललितपुरकै अर्को स्थानमा करिब ५ करोड मूल्यको घर, काभ्रेमा करिब ३ करोड ७५ लाख रुपैयाँ बराबरको अपार्टमेन्ट र तनहुँमा करिब २ करोड रुपैयाँ मूल्यको घर रहेको उल्लेख गरिएको छ।

    AGNI GROUP

    उनको बैंक मौज्दाततर्फ करिब १ करोड ९० लाख रुपैयाँ रहेको देखिन्छ। तर सम्पत्ति विवरणको मुख्य आकर्षण भनेको उनको सेयर लगानी हो। अर्थमन्त्री वाग्लेको विभिन्न पाँच कम्पनीमा गरी ४ करोड रुपैयाँभन्दा बढीको सेयर लगानी रहेको जनाइएको छ।

    सेयर संरचनाअनुसार सानिमा मिडल तमोर हाइड्रो मा ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंक मा २५ हजार ७६२ कित्ता सेयर रहेको छ। साथै नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, ठूलो खोला जलविद्युत र अपर मादी खोला जलविद्युत मा क्रमशः करिब ९० लाख, ६० लाख र ३ करोड रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरिएको छ।

    ऋणतर्फ हेर्दा उनले विभिन्न बैंक तथा व्यक्तिगत स्रोतबाट रकम लिएको विवरणमा देखिन्छ। राष्ट्रिय वाणिज्य बैंक बाट ३८ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल बाट ७५ लाख, ग्लोबल आइएमई बैंक बाट १ करोड ५ लाख र व्यक्तिगत सापटीमार्फत २ करोड ५० लाख रुपैयाँ लिएको उल्लेख छ।

    यसमा राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट लिएको क्रमशः ३८ लाख र ७५ लाख रुपैयाँ भने पूर्ण रूपमा चुक्ता भइसकेको जानकारी पनि दिइएको छ।

    सुन सम्पत्तितर्फ अर्थमन्त्री वाग्लेसँग ४५ तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट