Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लिभरपुलविरुद्ध पीएसजीको सहज जित

लिभरपुलविरुद्ध पीएसजीको सहज जित

  • काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगमा इंग्ल्यान्डको लिभरपसलविरुद्ध २-० को सहज जित दर्ता गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    बुधबार पार्क डेस प्रिन्सेसमा घरेलु टोली पीएसजीलाई जित दिलाउन डेसिरे डुए र ख्विचा क्वारत्स्खेलियाले १–१ गोल गरे । 

    AGNI GROUP

    खेलको १२औँ मिनेटमा डुएको गोलमार्फत पीएसजीले अग्रता लिएको थियो । ६६औँ मिनेटमा क्वारत्स्खेलियाले टोलीका लागि दोस्रो गोल गरे । 

    खेलमा हाबी भएको पीएसजीका १७ मध्य ७ प्रहार टार्गेटमा थियो । लिभरपुलको प्रदर्शन भने निर्क फितलो रह्यो । टोलीले खेलमा मात्र ३ प्रहार गर्दा एउटा पनि टार्गेटमा राख्न सकेन । 

    अब दोस्र्रो लेग १६ अप्रिललमा लिभरपुलको घरेलु मैदानमा हुनेछ । 

    बुधबारै सम्पन्न खेलमा बार्सिलोनाविरुद्ध २–० को सहज जित निकाल्दै एट्लेटिको मड्रिडले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट