Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालले आइसीसी लिग २ का लगातार दुई शृंखला खेल्ने

नेपालले आइसीसी लिग २ का लगातार दुई शृंखला खेल्ने

  • काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ।

    onlinepatrika
    Arghakhachi

    नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई बीचको शृंखला अप्रिल २५ देखि मे ५ सम्म हुनेछ। यो शृंखला पूर्व एसियामा भएको संकटका कारण स्थगित भएको थियो।

    AGNI GROUP

    त्यस्तै उक्त शृंखला सकिने वित्तिकै नेपालले अर्को लिग २ को शृंखलामा स्कटल्यान्ड र अमेरिकासँग खेल्नेछ। उक्त शृंखला मे १२ देखि २२ सम्म चल्नेछ।

    ८ टोली सम्मेलित लिग २ को शृंखलामा नेपालले २० खेलबाट १२ अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट