Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कप : आर्मी र एपिएफ विजयी

प्रधानमन्त्री कप : आर्मी र एपिएफ विजयी

  • काठमाडौँ । विभागीय टोली आर्मी र एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् ।

    onlinepatrika
    Arghakhachi

    वीरगन्जमा भएको खेलमा अर्जुन साउदको एक सय २१ रनको शतकीय सहयोगमा आर्मीले कर्णाली प्रदेशलाई एक सय ३८ रनले हरायो । यस्तै जनकपुरमा भएको अर्को खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले हरायो । 

    AGNI GROUP

    वीरगन्जमा जितका लागि दुई सय ६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३० रनमा समेटिएको थियो । जितसँगै शीर्षस्थानमा रहेको आर्मीले ६ खेलबाट ११ अङ्क बनाएको छ । पराजित कर्णालीको सात खेलबाट तीन अङ्क छ । 

    यस्तै जनकपुरमा जितका लागि एपिएफले दिएको दुई सय ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १४ रनमा समेटिएको थियो ।

    जितसँगै एपिएफले सात खेलबाट सात नै अङ्क बनाएको छ । पराजित सुदूरपश्चिम समान खेलबाट १० अङ्क जोड्लै दोस्रो स्थानमा छ ।

     प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ ।

    प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट