Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा हिजो उक्त मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
निवेदकतर्फबाट वकालतनामा बुझाएका कानुन व्यवसायीहरूको सूची लामो भए पनि इजलासले आइतबार कार्यालय समय सकिएपछि पक्षको बहस टुंग्याएको छ ।
आज प्रतिवादीहरूका तर्फबाट सरकारी वकीलले बहस गर्नेछन् । त्यसपश्चात निवदेक पक्षले जवाफी बहस गर्नेछन् ।
रिट निवेदक पक्षका वकिलले पक्राउको कानूनी र संवैधानिक आधार नरहेको जिकिर गरेका छन् ।
१४ गते शनिबार पक्राउ परेका दुवैजनालाई हिजो तेस्रोपटक अदालतले म्याद थपेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij