Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सभामुख पदका लागि डीपीले दिए उम्मेदवारी

सभामुख पदका लागि डीपीले दिए उम्मेदवारी

  • काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोयन दर्ता गराएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अर्यालले शुक्रबार संसद् सचिवालयमा प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।

    AGNI GROUP

    अर्यालको प्रस्तावकमा सभापति रवि लामिछाने र समर्थकमा कानुनमन्त्री समेत रहेकी सोविता गौतम रहेकी छन् ।

    यसअघि बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने प्रस्ताव पारित गरेको थियो ।

    संसद सचिवालयको निर्वाचन कार्यतालिका अनुसार आज २ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ भने साढे २ बजे उम्मेदवारको नाम प्रकाशित हुने छ ।

    त्यस्तै सभामुखको निर्वाचनका आइतबार बस्ने प्रतिनिधि सभमा हुनेछ । प्रतिनिधि सभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले अर्याल सभामुख बन्ने निश्चित रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij