Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत रुपमा अर्याललाई सभामुखमा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । आगामी चैत २२ गते संसद बैठक डाकिएको छ । सोही बैठकले नयाँ सभामुख चयन गर्ने अपेक्षा गरिएको छ ।

    AGNI GROUP

    स्थापनाकालदेखि नै उपसभापति बनेका अर्याललाई पार्टीले संसद चलाउने ऐतिहासिक जिम्मेवारी दिने भएको हो । बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्रीको दाबेदार मानिएका अर्याललाई सभामुखमा पठाउन बालेन्द्रले रविलाई सल्लाह दिएको नेताहरु बताउँछन् ।

    पार्टी सभापति र प्रधानमन्त्रीको सल्लाहमै अर्याल सभामुख बन्न लागेका हुन् । उनी पार्टी सभापति रवि लामिछाने कारागार चलान हुँदा पार्टीको नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन् ।

    पार्टीमा समन्वयकारी भूमिकामा देखिएका उनलाई सभामुखमा पठाउने निर्णय भएसँगै उनी सभामुख हुने पक्कापक्की भएको छ ।

    हाल कायम संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग १८२ अर्थात् दुई तिहाई बहुमतभन्दा दुई सिट कम छ । सभामुख सत्तापक्षको भए पनि संविधानअनुसार उपसभामुख प्रतिपक्ष र फरक लिङ्गको हुनुपर्नेछ । त्यसकारण उपसभामुख कुन दलले पाउँछ भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij