Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

देउवा समूहको भेला

के गर्ला निर्णय ?

के गर्ला निर्णय ?

  • काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेला आज पनि जारी छ। महाराजगञ्जस्थित स्मार्ट होटलमा अहिले बैठक बसिरहेको छ। बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ।

    onlinepatrika
    Arghakhachi

    हिजोबाट सुरु भएको बैठक आज सक्ने तयारी छ। गगन थापालाई निर्वाचन आयोगले कांग्रेसको आधिकारिता दिएपछिको विवाद कांग्रेसभित्र अझै साम्य भएको छैन।

    AGNI GROUP

    पार्टीभित्रको विवाद यतिबेला सर्वोच्च अदालतमा विचाराधीन छ । आयोगले थापालाई आधिकारिता दिएपछि देउवा पक्षले अझै स्वीकारेको छैन।

    विशेष महाधिवेशनको पक्षमा नरहेका १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला समूहका नेताहरू बैठकमा सहभागी छन्। समानान्तर गतिविधि बढाएपछि संस्थापन पक्षले कारबाहीको चेतावनी दिएको छ। आजै अनुशासन आयोगको बैठक समेत बसिरहेको छ।

    सर्वोच्च अदालत दर्ता गराएको रिटमा चैत २२ गते सुनुवाइ हुँदै छ। यो फैसलालाई मानेर अघि बढ्ने मनस्थितिमा देउवा पक्षका नेताहरू छन्। यो समूहले भोलि जिल्ला सभापतिहरूको भेला राखेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij