Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी पूरा

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी पूरा

  • काठमाडौँ । शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    क्यानले शुक्रबार विज्ञप्ती निकालेर खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टिम सहभागी हुनेछन्।

    AGNI GROUP

    क्यानका अनुसार प्रतियोगिताको विजेता टोलिले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले पाँच लाख पाउनेछन्।

    प्रतियोगिताका खेलहरू काठमाडौँस्थित मूलपानी क्रिकेट मैदान, बीरगञ्ज र जनकपुरमा सञ्चालन हुनेछन्।

    शनिबार कोशी र मधेशबीचको खेल जनकपुरमा हुनेछ भने अर्को खेल बीरगञ्जमा लुम्बिनी र कर्णालीबीचको खेल हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट