Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरीय टोली घोषणा

प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरीय टोली घोषणा

  • काठमाडौँ । लुम्बिनी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय पुरुष टोली घोषणा गरेको छ । राष्ट्रिय खेलाडी देव खनालको कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय टोली घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरद्वारा जारी विज्ञप्तिअनुसार प्रदेशस्तरीय टोलीको उपकप्तानमा प्रज्वल थापा रहनुभएको छ। त्यसैगरी अन्य खेलाडीमा आकाश त्रिपाठी, सुमित श्रेष्ठ, रणजीत खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर बम, वीरबहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा र विपर्शन केसी रहनुभएको छ ।

    AGNI GROUP

    लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव रोका मगरका अनुसार वैकल्पिक खेलाडीमा रमेश कुर्मी, नरबहादुर सार्की, दिपेश रोका, महेश भर र सम्राट भुसाल रहनुभएको छ । लुम्बिनी प्रदेशस्तरीय टोलीका मुख्य प्रशिक्षक बसन्त शाही, व्यवस्थापक विजय सिंह ज्ञवाली र सहायक प्रशिक्षक घनश्याम थारु हुनुहुन्छ ।

    प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चैतको ७ गतेदेखि वैशाखको ४ गतेसम्म काठमाडौ, जनकपुर र बिरगंज गरी तीन स्थानमा प्रतियोगिता हुन थालेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट