Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पहिलो नम्बरमा रविको मुद्दा

पहिलो नम्बरमा रविको मुद्दा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता गर्ने महान्यायाधीवक्ताको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतमा आज न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको पहिलो नम्बरमा पेशी तोकिएको छ । यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो । आदेशमा हेर्न नमिल्ने गरी पेसी नतोक्न र बिचमा स्थगन पनि नगर्न भनिएको छ ।

    AGNI GROUP

    सहकारी ठगी मुद्दा खेपिरहेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि लागेको थियो । तर सरकारले यो मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट