Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अब १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने

अब १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने

  • काठमाडौं । अब १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्र बैंकको निर्देशनमा भनिएको छ,‘महेन्द्र राजमार्ग र मध्य पहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यमरव्यवसायहरूमा प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिनेछ ।’

    AGNI GROUP

    यस्तो पुनरतालिकीकरण वा पुनर्संरचना २०८३ असार मसान्तभित्र गरिसक्नु पर्नेछ । यसरी पुनरतालिकीकरण वा पुनर्संरचना गर्दाको समयमा कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट