Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मत गणनाको अपडेट

समानुपातिकतर्फ ७७ लाख मत गणना हुँदा रास्वपालाई ४८.४ प्रतिशत, अन्य दलले कति पाए ?

समानुपातिकतर्फ ७७ लाख मत गणना हुँदा रास्वपालाई ४८.४ प्रतिशत, अन्य दलले कति पाए ?

  • काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ७७ लाख ३ हजार १६ मत गणना भएको छ ।

    AGNI GROUP

    जसमा रास्वपाले ३७ लाख २५ हजार ८३४ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.४ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १२ लाख ५६ हजार २१ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ ।

    एमालेले १० लाख ६४ हजार ७१८ अर्थात् १३.८ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ४६ हजार १९८ मत प्राप्त गरेको छ भने राप्रपाले २ लाख ६२ हजार ७३ मत पाएको छ ।

    त्यस्तै श्रम संस्कृति पार्टीले २ लाख ५२ हजार ७४० मत पाएको छ राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ४ हजार ८७० मत प्राप्त भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट